निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा २१ कार्यपत्र प्रस्तुत हुने
काठमाडौंमा हुन लागेको निर्वाचन व्यवस्थापन सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा सात विषयमा २१ वटा कार्यपत्र प्रस्तुत हुने भएको छ।
सम्मेलन मंसीर २० र २१ गते काठमाडौंमा हुन लागेको हो। निर्वाचन आयोग नेपाल र एशियन नेटवर्क फर फ्री इलेक्शनको संयुक्त आयोजनामा हुने ‘एशियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ मा सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन सम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोगका प्रवक्ता प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।