सुनसरीबाट जाजरकोट पुगेर भूकम्पपीडतलाई सहयोग
सुनसरीबाट जाजरकोट पुगेको नेपाल परोपकारी समाजको टोलीले भूकम्पपीडतलाई राहत प्रदान गरेको छ।
परोपकारी समाजले जाजरकोटका भूकम्पपीडित परिवारलाई त्रिपाल, चामल, दाल, म्याट्रेस, भुजा लगायत राहत सामग्री वितरण गरेको हो। २० परिवारलाई राहत सामग्री वितरण गरिएको समाजका प्रतिनिधि अरमान खानले बताए।
समाजले सुनसरीमा स्थानीय स्तरमा सहयोग संकलन गरेको थियो। गाउँमा संकलित रकमबाट भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरिएको खानले बताए।