भारतमा संगठन नभएको भए दश वर्षसम्म जनयुद्ध चल्न मुश्किल हुन सक्थ्यो : दाहाल
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारतमा संगठन भएकाले नै दशक लामो सशस्त्र द्वन्द्व सञ्चालन सम्भव भएको बताएका छन्।
माओवादीका तात्कालीन केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको छैटौं स्मृति दिवसमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भारतमा बनेको संगठनले गणतन्त्र ल्याउन सहज भएको बताएका हुन्।
“भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा मुश्किल हुन पनि सक्थ्यो,” दाहालले भने, “भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिज भूमिगत रूपमा त्यहाँबाट सहयोग प्राप्त गर्यौं।”
२००९ सालमा गोरखामा जन्मेका पाख्रिनको २०७४ सालमा निधन भएको थियो।