अपर बलेफी र प्राधिकरणबीच विद्युत् खरीद सम्झौता
अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीद सम्झौता भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफीका अध्यक्ष उमेश कसजूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रूपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण तथा गोल्याण ग्रूपका प्रमुख वित्तीय अधिकृत सञ्जयकुमार साह उपस्थित थिए।
गोल्याण ग्रूपको ऊर्जा विभाग अन्तर्गत ४६ मेगावाटको अपर बलेफी जलविद्युत् परियोजना सञ्चालनमा छ। यो सिन्धुपाल्चोकको बलेफी नदीमा प्रस्तावित ‘रन अफ रिभर’ जलविद्युत् परियोजना हो।