मधेश प्रदेश सभा सदस्य यादवले लिइन् शपथ
जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिकतर्फ निर्वाचित सञ्जिलाकुमारी यादवले शपथ लिएकी छन्।
मधेश प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको निधन भएपछि रिक्त सदस्य पदमा जसपाले सञ्जिलाकुमारी यादवलाई पठाएको थियो। निर्वाचन आयोगले प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिएपछि यादवले बुधबार शपथ लिएकी हुन्।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनले मैथिली भाषामा शपथ लिइन्।