माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणा विरुद्ध सर्वोच्चमा रिट
काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
युवा संघ नेपाल र अभियन्ता दुर्गा प्रसाईंले मंसीर ७ गते माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो। दुवै पक्षले एकै स्थानमा प्रदर्शन गर्दा शान्ति सुरक्षामा असर पर्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो।
जिल्ला प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन गर्न नपाइने आदेश जारी गरेको थियो। मंसीर ४ देखि ३० गतेसम्मका लागि आदेश जारी गरिएको थियो।
यस विरुद्ध अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। निषेधित क्षेत्र घोषणा गर्ने स्थानीय प्रशासनको निर्णयले नागरिकको अधिकार कुण्ठित भएकाले सर्वोच्चमा रिट हालेको नेपालले बताए।
यो रिटमाथि बुधबार पेशी तोकिएको छ।
यो पनि पढ्नुहोस्: माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा