यमनसँग खेल्ने नेपाली टोली घोषणा
फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनसँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले मंगलबार नेपाली टोली घोषणा गरेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। किरणकुमार लिम्बूको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको हो।
नेपाली टोलीमा अभिषेक बराल, दीप कार्की, अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, रोहित चन्द, अरिक विष्ट, उत्सव राई, सेसेहाङ आङ्देम्बे, दिनेश हेन्जन र कृतीशरत्न छुन्जू छन्।
त्यस्तै, योगेश गुरुङ, जिलेस्पीजंग कार्की, आशीष चौधरी, राजेश परियार, सञ्जीव विष्ट, अन्जन विष्ट, हिशुब थपलिया, आयुष घलान र मनीष डाँगी पनि यमन विरुद्धको खेलका लागि टोलीमा परेका छन्।
नेपाल र यमनको खेल आज साँझ ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरू हुनेछ।
विश्वकप छनोटको दोस्रो चरणको खेल अन्तर्गत नेपालले पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो। आज नेपाललाई जित्नै पर्ने दबाब छ।