युवा संघले फेर्याे कार्यक्रमस्थल
जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डललाई निषेधित क्षेत्र घोषणा गरेपछि राष्ट्रिय युवा संघले आफ्नो पूर्व निर्धारित कार्यक्रमस्थल परिवर्तन गरेको छ।
मंसीर ७ गतेको कार्यक्रम काठमाडौंको तीनकुनेमा गरिने युवा संघका अध्यक्ष क्षितिज थेवेले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। यसअघि युवा संघ र अनेरास्ववियुले माइतीघरमा ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ गर्ने जनाइएको थियो।
त्यही दिन दुर्गा प्रसाईंले माइतीघर मण्डलमै कार्यक्रम गर्ने बताएका थिए। दुवै पक्षले एकै ठाउँमा कार्यक्रम गर्न लागेपछि सम्भावित झडप रोक्न उक्त क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको हो।