सुनसरीमा धर्मसभा स्थगित गर्न मुस्लिम समुदायलाई स्थानीय प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय, सुनसरीले इटहरी र दुहबीमा आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम स्थगन गर्न मुस्लिम समुदायलाई आग्रह गरेको छ।
सुरक्षा संवेदनशीलताका कारण दुवै कार्यक्रम स्थगन गर्न आग्रह गरिएको सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएकी छन्। इटहरी उपमहानगरपालिका-१३, खनारमा मंसीर ५ देखि ७ गतेसम्म र दुहबी–१, प्रास्टोकीमा ७ देखि ९ गतेसम्म इज्तिमा आयोजना गर्न लागिएको थियो।
गृह मन्त्रालयले कार्यक्रम तत्काल स्थगन गर्न निर्देशन दिएपछि सरोकारवालासँगको छलफल गरेर यो निर्णय गरिएको पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।