भूकम्पपीडितलाई सिप्रदीद्वारा राहत प्रदान
सिप्रदी ट्रेडिङ प्रालिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
सिप्रदियन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा राहत प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम अन्तर्गत आठबिसकोट नगरपालिका वडा नं. १३ र १४ का वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ।
जाजरकोट र रुकुम पश्चिम पुगेको सिप्रदीको टोलीले त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायत सामग्री प्रदान गरेको हो। यसबाट झन्डै एक हजार २०० परिवारका चार हजार ८०० जना भूकम्पपीडित लाभान्वित हुने जनाइएको छ।