बझाङमा भूकम्पको धक्का महसूस
बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्यूडको परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः३७ बजे परकम्प गएको हो। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बझाङको धमेनामा परकम्प गएको जानकारी दिए।
बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ। गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसयता धेरै पटक परकम्प गएको केन्द्रले जनाएको छ।