टिकटक प्रतिबन्ध विरुद्धका ११ रिट न्यायाधीश चुडालको इजलासमा
सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध रिटहरू सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन्।
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले गरेको नेपालमा टिकटक चल्न नदिने निर्णय खारेजीको माग राखेर सरकारवालाहरू सर्वोच्च अदालत पुगेका थिए। उनीहरूले दर्ता गराएका सबै रिटमाथि आज सुनुवाइ तोकिएको हो।
सरकारी निर्णयको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुनीलरञ्जन सिंह, अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, स्वागत नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जारा, यज्ञमणि न्यौपाने लगायतले छुट्टाछुट्टै रिट दर्ता गरेका छन्।