अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइएको छ।
जनकपुरका प्रसिद्ध तलाउ गंगा सागर, धनुष सागर, अरगजा सर सहितका सरोवरमा आइतबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। घरमा बनाइएको पूजन सामग्री ल्याएर व्रतालुले छठ घाटमा राखेर पूजा आराधना गरेका छन्।
सूर्य अस्ताउनुअघि पानीमा उभिएर आराधना गर्ने प्रचलन छ। आज रातभर पोखरीको घाटमा जाग्राम बस्ने गरिन्छ।
लंका विजयपछि रामराज्यको स्थापनाका दिन अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा राम र सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको भन्ने धार्मिक विश्वास छ। सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ भएको मानिन्छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)