माओवादी-नेसपा वार्ता समितिको सुझाव- एकता संयोजन समिति गठन गरौं
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को वार्ता समितिले दुवै पार्टीलाई एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ।
काठमाडौंमा आइतबार बसेको वार्ता समितिको बैठकले माओवादी र नेसपा केन्द्रीय समितिलाई एकता समिति बनाउन सुझाव दिने निर्णय गरेको हो। एकता समितिले वैचारिक तथा नीतिगत विषयमा छलफल गरी सहमति कायम गर्नुपर्ने माओवादीका संयोजक कृष्णबहादुर महरा र नेसपाका संयोजक गंगानारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
माओवादीसँग एकीकरण गर्ने विषयमा नेसपामा अन्तरविरोध चर्किएका वेला वार्ता समितिले एकता संयोजन समिति बनाउन सुझाव दिएको हो।