भूकम्प प्रभावितका लागि १५ करोड उठ्यो, कसले कति दिए?
जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्यांकहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकमको सूची हो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, बुद्ध एअर, राष्ट्रिय वाणिज्य ब्यांक, ग्लोबल आईएमई ब्यांक, सूर्य नेपाल, क्यान सेन्ट्रल पेयमेन्ट रिलिज र गोर्खा ब्रुअरीले एक-एक करोड रुपैयाँ सहयोग गरेका छन्।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परेर १५३ जनाको ज्यान गएको छ।