नेपाल मध्यान्तरसम्म यूएईसँग चार गोलले पछि पर्यो
सन् २०२६ मा हुने फिफा विश्वकपको दुबईमा जारी दोस्रो चरणको छनोटमा नेपालले खराब शुरूआत गरेको छ।
नेपालले ११औं, ३६औं, ४४औं मिनेट तथा पहिलो हाफको इन्ज्युरी समयमा गोल खाएको हो। यूएईले दोस्रो गोल पेनाल्टी मार्फत गरेको हो। अमृत श्रेष्ठले ३५औं मिनेटमा पहेंलो कार्ड पाएपछि यूएईले पेनाल्टी प्रहारको अवसर पाएको थियो।