भूकम्पपीडितलाई यूरोपियन युनियनले २८ करोड ९० लाख सहयोग गर्ने
यूरोपियन युनियन (ईयू)ले भूकम्प प्रभावित नेपालीको सहयोगार्थ रु.२८ करोड ९० लाख प्रदान गर्ने भएको छ।
ईयूले मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्ध पेय, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको नेपालस्थित यूरोपियन युनियनको प्रतिनिधिमण्डलले जनाएको छ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटी मार्फत मानवीय सहायता परिचालन गर्नेछ। यूरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।