नेपाल संवत् ११४४ को स्वागत (तस्वीरहरू)
नेवार समुदायको नयाँ वर्षका रूपमा नेपाल संवत् ११४४ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरूआत गराएका थिए।
यसैक्रममा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेवार समुदायले र्याली पनि निकालेको छ।