टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले वर्ल्डलिंक लगायत कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए।
टिकटक बन्द गरेकोबारे कम्पनीको मुख्यालयलाई पनि खबर गरिएको छ। -रासस