गाईतिहारका तस्वीरहरू
गाईको पूजा गर्दै आज तिहारको तेस्रो दिन गाईतिहार मनाइएको छ।
हिन्दू धर्मावलम्बीहरू गाईलाई पवित्र मानी पूजा गर्ने गर्छन् भने गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान पनि गरिन्छ।
यस्तै, साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन आजका दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
गाईतिहारको अवसरमा आज भक्तजनले पशुपतिनाथ मन्दिर परिसरमा नन्दी सेवास्थलले उद्धार गरेका गाईको समेत पूजा गरेका छन्।