‘जाजरकोटबाट फर्केको यत्रो दिन भयो, गाउँलेहरू रोएको आवाज कानमा अझै गुन्जिरहेछ, निद्रा पर्दैन’
जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १५४ जनाको ज्यान गएको छ भने ३७२ जना घाइते भएका छन्। घरमा क्षति हुँदा कैयौं परिवार सडकमा आश्रय लिइरहेका छन्।
भूकम्प गएको भोलिपल्टै २०८० कात्तिक १८ गते हिमालमिडियाका दुई जना पत्रकार सागर बुढाथोकी र गोपेन राई स्थलगत रिपोर्टिङका लागि काठमाडौंबाट जाजरकोटतर्फ गएका थिए। एक साता स्थलगत रिपोर्टिङका क्रममा कर्णालीको दुर्गम जिल्ला जाजरकोट र रुकुम पश्चिम अवस्था कस्तो देखे?
पत्रकारद्वय बुढाथोकी र राईसँग अनिता भेटवालले गरेको कुराकानी: