पूर्वी नवलपरासीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
पूर्वी नवलपरासीको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते छन्।
देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार बिहान ११ बजे लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार जीप बौदीकालीबाट दलदलेतर्फ आउँदै थियो।
दुर्घटनामा मृत्यु भएकामध्ये तीन महिला र तीन पुरुष रहेको प्रजिअ श्रेष्ठले जानकारी दिइन्।