बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ : किशोर शर्मा
‘अन्य समुदायले आफूलाई चाहिनेभन्दा धेरै प्रकृतिबाट दोहन गरिरहेका छन्। राउटेले भने आफूलाई चाहिने जति मात्रै प्रकृतिबाट लिइरहेको छ।’
एक दशकदेखि देशका विभिन्न जिल्लामा रहेका राउटे समुदायको जीवनशैलीलाई पछ्याइरहेका किशोर शर्माले आठ हजारभन्दा बढी तस्वीर खिचे। त्यसमध्ये ५५ तस्वीर छानेर पुस्तकाकार दिएका छन्, लिभिङ इन द मिस्ट। यसमा राउटे समुदायको बसोबास, खानपान, धर्म, संस्कार र दैनिक क्रियाकलापलाई उतारेका छन्।
कुनै समुदायलाई लामो समयसम्म पछ्याएर उनीहरूको जीवन बोल्ने तस्वीर संकलन गरेका शर्माको लिभिङ इन द मिस्टले प्रशंसा पनि पाइरहेको छ। यो पुस्तकसँगै तस्वीर संकलन अनुभव, राउटे समुदायको सभ्यता र रहनसहनबारे हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक शर्मासँग अनिता भेटवालले गरेको कुराकानी:
अन्तर्वार्ता: अनिता भेटवाल
क्यामेरा: गोपेन राई
अडिओ: सोमित अधिकारी
सम्पादन: परीक्षित शाही
विस्तृत पढ्न: https://www.himalkhabar.com/news/138720