एनएमबिको क्यासब्याक अफर
एनएमबि ब्यांकले तिहारको अवसरमा क्यासब्याक अफर ल्याएको छ।
ब्यांकले एनएमबि डेबिट कार्ड प्रयोग गर्दा २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले क्यासब्याक अफर ल्याइएको ब्यांकले जनाएको छ।
क्यासब्याक प्राप्त गर्न एक पटकमा कम्तीमा एक हजार रुपैयाँको भुक्तानी गर्नुपर्नेछ। यो अफर कात्तिक २५ गतेदेखि मंसीर ३ गतेसम्म लागू हुनेछ।