मधेश प्रदेश सभा सदस्यमा संजिला यादव निर्वाचित
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मधेश प्रदेश सभा सदस्यमा संजिलाकुमारी यादवलाई चयन गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको निधनपछि सांसद पद रिक्त थियो। रिक्त स्थानमा सिरहाकी संजिलाकुमारी चयन भएकी हुन्।
कात्तिक दोस्रो साता बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। जसपा केन्द्रीय कार्यकारिणी समितिको सिफारिशका आधारमा उनलाई प्रदेश सभा सदस्य चयन गरिएको आयोगले जनाएको छ।