भूकम्पपीडितलाई क्यासिनो एशोसिएशनको ३५ लाख सहयोग
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारका लागि नेपाल क्यासिनो एशोसिएशनले ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
एशोसिएशनका अध्यक्ष विनोद श्रेष्ठ लगायतको टोलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। एशोसिएशनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेको हो।
एशोसिएशनका नौमध्ये सात वटा सदस्य क्यासिनोले पाँच-पाँच लाखका दरले सहयोग गरेका हुन्। क्यासिनो माजोङ काठमाडौं, क्यासिनो माजोङ नेपालगन्ज, क्यासिनो प्राइड, क्यासिनो प्यालेस, क्यासिनो बेलिज, क्यासिनो डेल्टिन र क्यासिनो भेगासले राहत उपलब्ध गराएको एशोसिएशनले जनाएको छ।