रेशम चौधरीको आममाफी विरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफी विरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगन गरिएको छ।
टीकापुर घटनामा दोषी ठहर गरिएका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा माफी दिइएको थियो। राष्ट्रपतिबाट माफी मिनाहा पाएपछि उनी गत जेठ १५ गते रिहा भएका थिए।
टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णय बदर गरी रेशमलाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै जेठ १६ गते सर्वोच्च अदालतमा रिट हालेकी थिइन्।
त्यस रिटमाथि सुनुवाइका लागि आज पेशी तोकिएको थियो। तर सर्वोच्च अदालत प्रशासनले सुनुवाइ स्थगन भएको जनाएको छ। यो रिटमाथि पटक पटक सुनुवाइ स्थगन हुँदै आएको छ।
यो पनि पढ्नुहोस्: रेशमको आममाफी विरुद्धको सुनुवाइ किन सरेको सर्यै?