न्यायाधीश र कर्मचारीले तलब कटाएर भूकम्पपीडितलाई सहयोग गर्ने
अदालतका न्यायाधीश तथा कर्मचारीले आफ्नो मासिक वेतनको निश्चित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन्।
कात्तिक २२ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्चका न्यायाधीशको सात दिन, उच्च अदालतका न्यायाधीशको पाँच दिन र जिल्ला अदालतका न्यायाधीशको तीन दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको हो।
त्यस्तै, राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले तीन दिन, अधिकृत स्तरका कर्मचारीले दुई दिन र सहायक स्तरका कर्मचारीले एक दिन बराबरको तलब राहतस्वरूप उपलब्ध गराउने भएका छन्। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।