आईएमई ग्रूपद्वारा भूकम्पपीडितका लागि घोषणा गरेको डेढ करोडको चेक हस्तान्तरण
आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुम पश्चिम लगायत जिल्लाका भूकम्पपीडितका लागि घोषणा गरेको एक करोड ५० लाख रुपैयाँ बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन्।
ग्लोबल आईएमई ब्यांक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रूपबाट प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेशन मार्फत घोषणा गरिएको सहायता रकमको चेक आज अध्यक्ष ढकालले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन्।
आईएमई ग्रूप तथा आईएमई फाउन्डेशनले भूकम्प प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।