विश्वकपमा छनोट भएको क्रिकेट टोलीलाई ५० लाख पुरस्कार
नेपाल क्रिकेट संघले टी-२० विश्वकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने निर्णय गरेको छ।
संघको कात्तिक २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय टोलीलाई ५० लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको सचिव पारस खड्काले जनाएका छन्।
हालै काठमाडौंमा सम्पन्न एशिया क्षेत्रको छनोट प्रतियोगितबाट नेपाल र ओमन विश्वकपका लागि छनोट भएका हुन्। टी-२० विश्वकप आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ।
त्यस्तै, संघले एशिया कपका लागि छनोट भएको युवा टोलीका सदस्यलाई पनि नगद पुरस्कार दिने निर्णय गरेको छ। सचिव खड्काका अनुसार यू-१९ टोलीका प्रत्यक सदस्यलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ।
हालै मलेशियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोली एशिया कपका लागि छनोट भएको हो।
त्यस्तै, केही दिनअघि सम्पन्न एशिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा टिकटबाट संकिलत रकमको ५० प्रतिशत रुकम भूकम्प प्रभावितको सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको व्यापक क्षति भएको छ।