भूकम्पपीडितलाई एकीकृत समाजवादीले २५ लाख सहयोग गर्ने
नेकपा (एकीकृत समाजवादी)ले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
एकीकृत समाजवादीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले भूकम्पपीडितलाई सहयोग, समन्वय र अनुगमनका लागि उपमहासचिव प्रकाश ज्वालाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।
पार्टीले सञ्चालन गरेको मेची-महाकाली जागरण अभियान प्रभावकारी भएको बैठकको निष्कर्ष छ।