राष्ट्रपतिको यूरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले यूरोप भ्रमण स्थगन गरेका छन्।
भूकम्पका कारण देश नै विपद्मा रहेकाले राष्ट्रपति पौडेलले विदेश भ्रमण स्थगन गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताए। “भूकम्पका कारण देश नै विपद्मा रहेकाले राष्ट्रपतिज्यूले विदेश भ्रमण गर्न चाहनुभएन,” प्रवक्ता भट्टराईले हिमालखबरसँग भनिन्, “बुधबारदेखि तय भएको विदेश भ्रमण स्थगन गर्नुभएको छ।”
राष्ट्रपति पौडेल कात्तिक २२ गते यूरोपको भ्रमणमा निस्कँदै थिए। मन्त्रिपरिषद्को कात्तिक १६ गते बसेको बैठकले पनि राष्ट्रपतिका विदेश भ्रमण स्वीकृत गरिसकेको थियो।
राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिने कार्यक्रम थियो। त्यस्तै, जर्मनी र इटालीको पनि भ्रमण गर्ने तय भएको थियो। उनी मंसीर १ गते नेपाल फर्किने कार्यक्रम थियो।
यो पनि पढ्नुहोस्: देश विपद्मा रहेका वेला राष्ट्रपति र मन्त्रीहरूको विदेश शयर