भूकम्पमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय
सरकारले भूकम्पमा परी मृत्यु भएकाको परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा मृत्यु भएका परिवारलाई तत्कालका लागि दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
त्यस्तै, सरकारले भूकम्पपीडितको अस्थायी आवास र खाद्यान्नको व्यवस्था गर्ने निर्णय गरेको छ। भूकम्पमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ।
सुर्खेतलाई केन्द्र बनाएर खोज, उद्धार र राहत वितरणका कार्य गरिने भएको छ। भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउनका लागि सहयोग गर्न सरकारले सबैलाई अपील गरेको छ।