भूकम्प प्रभावितको उद्धारमा जुट्न राष्ट्रपतिको अपील
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलले विपत्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न तीनै तहका सरकार लगायत सम्बन्धित सबैलाई अपील गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
अहिलेसम्म भूकम्पबाट ७० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। त्यस्तै, सयौं घाइते छन्।