जाजरकोट भूकम्पः एक घण्टामा तीन परकम्प
कम्तीमा ७० जनाको मृत्यु भएको ६.४ म्याग्निच्यूडको भूकम्पपछि एक घण्टामै ४ म्याग्निच्यूड भन्दामाथिका तीन वटा परकम्प गएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। लगत्तै १२ः०८ मा ४.५, १२ः२९ मा ४.२ र १२ः३५ मा ४.३ म्याग्निच्यूडको परकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पमा परेर जाजरकोटमा ३४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।