यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।
मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको हो। यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए।
त्यस्तै, अर्को सेमिफाइनलमा बहराइनले ओमनलाई १०७ रनको लक्ष्य दिएको छ। बहराइनका लागि अम्रान अलीले ३०, अह्मेर विन नासीरले २६ र सर्फराज अलीले २३ रन बनाए।
ओमनका लागि अकिब अल्यासले चार, शकील अह्मदले दुई, बिलाल खान, फयाज बट र जीशन मक्सूदले एक–एक विकेट लिए।