संसद् अधिवेशन अन्त्यका लागि सिफारिश
सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारले आज राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि सिफारिश गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।