१४६ रनको लक्ष्य पछ्याउँदै नेपाल
आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर फाइनल २०२३ अन्तर्गत ओमन विरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ।
समूह चरणको अन्तिम खेलमा ओमनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १४५ रन बनाएको हो। ओमनका लागि ब्याटिङमा जीशन मक्सूदले सर्वाधिक ३२ रन बनाए। मुहम्मद नसीमले २५, प्रथिक अथवालेले २४, शकील अहमदले २२ तथा आयान खानले १८ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय रन बनाएनन्।
बलिङतर्फ नेपालका करण केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। यस्तै, अविनाश बोहोरा र गुल्सन झाले पनि समान एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।