तस्वीरमा राष्ट्रसंघका महासचिवको भेटघाट
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पहिलो दिन राष्ट्रपतिसँगै राजनीतिक दलका शीर्षनेतासँग भेटघाट गरेका छन्।
महासचिव गुटेरेसले आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति पौडेललाई भेट्न उनी राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए।
यसअघि उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। त्यस्तै, नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
त्यस्तै, सिंहदरबारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटवार्ता गरेका थिए। उनी चारदिने भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं पुगेका हुन्।
भेटवार्ताका क्रममा महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगाउनुपर्नेमा जोड दिएका छन्। यसका लागि सघाउन तयार रहेको बताएका छन्।