प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो
सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार मात्रै स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालका अनुसार आइतबार अपरान्ह मात्रै प्रधानमन्त्री ओली स्वदेश फर्कने छन् ।
“शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ”, अर्यालले भने ।
प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि १८ साउनमा सिंगापुर प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।