पोर्चुगलमा नेपाली बिरामीको बिचल्ली
वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् ।
सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका संखुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा परेका हुन् ।
गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आएका छन् । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित छन् ।
१० असारमा सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुगेका गुरुङले मिर्गौला पीडित भएको थाहा पाए । ११ लाख रुपैयाँ खर्च गरी उनी पोल्याण्ड आएका थिए ।