अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर गम्भीर घाइते
अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन्।
पोखरा नदीपुरमा शुक्रबार बिहान घाँस काट्ने क्रममा उनी भीरबाट लडेर घाइते भएका हुन्। उनको टाउकोमा रगत जमेकाले अवस्था गम्भीर रहेको जनाइएको छ।
भीरबाट लडेका उनलाई उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताए। डीएसपी विकका अनुसार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
रंगकर्मीका रुपमा परिचित अभिनेता घिमिरेले दर्जनौं नेपाली चर्चित फिल्ममा अभिनय गरेका छन्। उनी अभिनित फिल्म पशुपति प्रसाद, टलक जंग भर्सेज टुल्के, प्रकाश लगायतका छन्। उनि अभिनित फिल्म भष्मे डन यतिवेला प्रदर्शन भइरहेको छ।