अमेरिकामा बन्दुकधारीको आक्रमणबाट २२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
अमेरिकाको माइनको लेविस्टन शहरमा अज्ञान समूहले आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमोको स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको संख्या २२ पुगेको जानकारी दिए। “मेरो बुझाइमा तिनीहरूसँग अस्थायी पहिचान छ, बलिङ एल्लीमा गोली चलाउनेको। २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्,” म्याक्कार्थीले भने।
उनका अनुसार घाइतेहरूको उपचारका लागि सेन्ट्रल माइन वरपरबाट उद्धार सवारी साधन पुगेका थिए र दुई लेविस्टन अस्पतालले उनीहरूको उपचारका लागि बिदामा बसेका सबै कर्मचारीलाई बोलाएको छ। स्थानीय प्रहरीले बलिङ एल्लीभित्र अर्ध-स्वचालित हतियार लैजाँदै गरेका एक बन्दुकधारीको फोटो फेसबुकमा पोस्ट गरेको छ।
प्रहरीले एउटा बुलेटिन जारी गर्दै सामूहिक गोलीबारीका संदिग्धलाई ‘सशस्त्र र खतरनाक मान्नु पर्छ’ भनेको छ। “यदि तपाईँ उसको ठेगानाबारे जान्नुहुन्छ भने कृपया कानून प्रशासनसँग सम्पर्क हुनुहोस्,” प्रहरीले भनेको छ।
प्रहरीले एउटा सेतो एसयूभीको तस्वीर पनि जारी गरेको छ। प्रहरीले गाडीको अगाडिको बम्बर कालो रङको हुनसक्ने भन्दै गाडीको पहिचानका लागि सार्वजनिक सहयोगका लागि आग्रह गरेको छ।
“कानून प्रशासनले दुई सक्रिय बन्दुकधारीमाथि घटनाको अनुसन्धान गरिरहेको छ,” एन्ड्रोस्कोगिन काउन्टी शेरिफ विभागले फेसबुकमा लेखेको छ, “अनुसन्धान गर्ने क्रममा हामी सबै व्यवसायलाई बन्द गर्न वा बन्द गर्न आग्रह गरिरहेका छौं, संदिग्ध अझै फरार छन्।”
माइनका गभर्नर जेनेट मिल्सले लेविस्टनमा सक्रिय बन्दुकधारीको स्थितिबारे आफू अवगत भएको र यसको जानकारी आफूलाई दिइएको बताए। कानून प्रशासनलाई उद्धृत गर्दै सीएनएनले घटनामा कम्तीमा ५० देखि ६० मानिस घाइते भएको, तर गोलीबारीबाट कति मानिस घाइते भएका हुन् भन्नेबारे स्पष्ट नभएको उल्लेख गरेको छ।
लेविस्टन माइनको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो। यो माइनको सबैभन्दा ठूलो शहर पोर्टल्यान्डबाट करीब ५० किलोमिटर उत्तरमा पर्छ।