चीनमा पाँच दिन उपचारपछि उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फर्किएका छन्।
चीनको भ्रमणमा गएका श्रेष्ठलाई हृदयाघात भएको थियो। केही दिन चीनको राजधानी बेइजिङमा उपचार गराएपछि उनी स्वदेश फर्किएका हुन्।
यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।
उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार गरिएको थियो। पाँच दिनको उपचारपछि उनी निको भएका हुन्।