मनाङ एअरअको हेलिकोप्टर दुर्घटनामा घाइते पाइलटको मृत्यु
मनाङ एअरको हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंको मृत्यु भएको छ।
असोज २७ गते सोलुखुम्बुको लुक्लाबाट लोबुचेको लागि उडेको ‘९एन-एएनजे’ हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट सेढाई घाइते भएका थिए।
उनलाई त्यही दिन उपचारका लागि एअर एम्बुलेन्सबाट भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो। उपचारका क्रममा पाइलट सेढाईको कात्तिक ७ गते मृत्यु भएको मनाङ एअरले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।