दुर्गा पूजामा ३६ वर्षपछि कलकत्ता पुग्दा (तस्वीरहरू)
सन् १९८७ मा पहिलो पटक भारतको कलकत्ता पुग्दा दुर्गा पूजाको समय थियो। त्यो वेला जुन अनुभव गर्न पाएको थिएँ, त्यस्तै अनुभव फेरि यस पटक गर्न पाएँ।
कलकत्तामा जस्तो उल्लासपूर्वक दुर्गा पूजा सायदै अन्यत्र मनाउँछन्। एकदम धुमधामका साथ दुर्गाको पूजा गरिन्छ।
यस पटक पारिवारिक व्यवसायको सिलसिलामा कलकत्तामा तीन दिन बस्दा समय निकालेर कुमारतुलीको ती गल्लीहरूमा गएँ, जहाँ कलाकारले दुर्गा, गणेश लगायतका भगवानका मूर्ति बनाउँछन्।
त्यहाँ पुग्दा कलाकार, मजदूरलाई मूर्ति बनाउने चटारो थियो। कलाकार मूर्ति सकाउने काममा व्यस्त थिए भने मजदूर चाहीँ बनिसकेका मूर्तिलाई गाडीमा लोड गर्न लागिरहेका थिए। आन्तरिक पर्यटकको घुइचो थियो।
कलकत्ताको कुमरतुली गल्लीका केही तस्वीरहरूः