देव खनालको शतकमा नेपालले बनायो २८० रन
कप्तान देव खनालको शतकमा नेपाली युवा टोलीले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ।
मलेशियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले आठ विकेटको क्षतिमा २८० रन बनाएको हो। नेपालका लागि कप्तान खनालले ९२ बलमा १०० रन बनाए। उनले नौ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, अर्जुन कुमाल र उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। प्रारम्भिक ब्याटर खनालले ५५ रन बनाए भने थापा मगरले ५७ रन बनाए। यसैगरी, दीपकप्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले सात र दीपक बोहराले पाँच रन बनाए।
यूएईका लागि हरित शेट्टीले पाँच, आयान अफजल खानले दुई र अम्मर बदामीले एक विकेट लिए।
नेपाल र यूएई एशिया कपका लागि छनोट भइसकेका छन्। दुवै टोली प्रिमियर कपको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्।