एनआरएनए विभाजित, आरके शर्माको नेतृत्वमा नयाँ समिति घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजित भएको छ। काठमाडौंमा सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजेन्द्रकुमार शर्मा (आरके)को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ।
काठमाडौंमा सम्पन्न ११औं सम्मेलनबाट बद्री केसी अध्यक्ष निर्वाचित भएका हुन्। केसी नेतृत्वको समितिले शनिबार कार्यभार सम्हालेको हो।
केसी नेतृत्वको समितिलाई शर्मा पक्षले भने अस्वीकार गरेको छ। चुनावमा धाँधली भएको भन्दै शर्माको नेतृत्वमा अर्को कार्यसमिति घोषणा गरिएको हो।
यस समितिको उपाध्यक्षमा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनील शाह, विजय मोक्तान र गणेश केसी छन्। त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद छन्।
महासचिवमा बुद्धिसागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला चयन भएका छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, सह-कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन्। महिला सचिवमा विमला सापकोटा, महिला सह-कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देविका केसी गुरुङ छन्।