इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)
हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव आइतबार काठमाडौं ल्याइएको छ।
गत असोज २० गते हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यसमध्ये इजरायलले चार जनाको शव इजरायलस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो।
उनीहरूमध्ये चार जनाको शव काठमाडौं पुगेको हो। नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव काठमाडौं पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, आशिष चौधरीको शव आजै दिउँसो काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ। अन्य विद्यार्थीको शव ल्याउने प्रक्रिया पनि चलिरहेको छ।