काठमाडौंमा भूकम्पको धक्का महसूस
काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ।
आइतबार बिहान ७:३९ बजे भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। काठमाडौं लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए।
नेपालसँगै चीन र भारतमा पनि यसको धक्का महसूस गरिएको छ। भूकम्पका कारण क्षति भएको भन्ने विवरण नआएको नेपाल प्रहरीले जनाएको छ।
पछिल्लो केही महीनायता पश्चिम नेपालमा भूकम्प गइरहेको छ। बझाङमा गत महीना गएको भूकम्पले भौतिक संरचनामा क्षति गरेको थियो।